मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १. श्री जीवनराम श्रेष्ठ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन २. श्री मेटमणि चौधरी मन्त्री सहरी विकास ३. श्री भवानी प्रसाद खापुङ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या ४. श्री शेरबहादुर कुँवर मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा साथै सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूसमक्ष नवनियुक्त माननीय स्वास्थ्य तथा जनसङ्‍ख्‍या राज्यमन्त्री  श्री हिराचन्द्र के.सी. ज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको Read More …

नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पदनाम कार्यविभाजन 1.               श्री शेरबहादुर देउवा प्रधानमन्त्री रक्षा 2.               श्री बालकृष्ण खाँण मन्त्री गृह 3. श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री सञ्चार तथा सूचना प्रविधि 4. श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ 5. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन 6. श्री जनार्दन शर्मा मन्त्री अर्थ 7. श्री Read More …

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री कैलाशराज पोखरेललाई अष्ट्रेलिया र श्री कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल असार १२ गते आइतबार । (सागर आचार्य) प्रवक्ता  

राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल असार ९ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. चिलि H.E. Mr. Juan Rolando Angulo Monsalve गैरआवासीय २. जमैका H.E. Mr. Jason Keats Matthew Hall गैरआवासीय ३. इन्डोनेसीया H.E. Mr. Heru Hartanto Subolo गैरआवासीय ४. स्पेन H.E. Mr. Jose Maria Ridao Dominguez गैरआवासीय २०७९ साल जेठ २६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Juan Rolando Angulo Monsalve, Read More …

कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल जेठ २६ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता    

सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ । २०७९ साल जेठ १३ गते शुक्रबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

कैद सजाय माफी मिनाहा

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ (दुई सय एकहत्तर) जना र नरबहादुर साँवासमेतका ५४७ (पाँच सय सत्‌चालिस) गरी कुल जम्मा ८१८ (आठ सय अठार) जना कैदीहरूको बाँकी कैद सजाय नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागू हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ । २०७९ साल जेठ १३ गते Read More …

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्‌गलबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०७९ साल वैशाख २५  गते आइतबार (सागर आचार्य) प्रवक्ता

अध्यादेशहरू जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ २. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ २०७९ साल वैशाख २५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता