ओहोदाको प्रमाणपत्र पेश

  विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. मौरिसस H.E. Mrs. Santi Bai Hanoomanjee GCSK गैरआवासीय २. बोत्स्वाना H.E. Gilbert Shimane Mangole गैरआवासीय ३. माल्दिभ्स H.E. Dr. Hussain Niyaaz गैरआवासीय ४. ट्युनिशिया H.E. Mrs. Hayet Talbi EP Bilel गैरआवासीय २०७८ साल फागुन १८ गते बुधबार (सागर आचार्य) प्रवक्ता H.E. Mrs. Santi Bai Hanoomanjee GCSK H.E. Gilbert Read More …

विज्ञ पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -१५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल फागुन १६ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल फागुन १५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. कोलम्बिया H.E. Mrs. Mariana Pacheco Montes गैरआवासीय २. क्युवा H.E. Mr. Alejandro Simancas Marin गैरआवासीय ३. कजाखस्थान H.E. Mr. Nurlan Zhalgasbayev गैरआवासीय २०७८ साल फागुन ११ गते बुधबार (सागर आचार्य) प्रवक्ता H.E. Mrs. Mariana Pacheco Montes H.E. Mr. Alejandro Simancas Marin H.E. Mr. Nurlan Zhalgasbayev

भुक्तान हुन बाँकी कैद माफी मिनाहा

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, सर्वोच्च अदालतको मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  मिति २०७८/११/७ गते देखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ (पाँच सय एक) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा माफी मिनाहा  भएको छ । Read More …

सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आङनिमा शेर्पासमेतका १२ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी भएको छ । २०७८ साल फागुन ६ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०७८ साल फागुन ४ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   २०७८ साल माघ २७ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु  भएको  छ । २०७८ साल माघ १७ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल माघ १४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता