प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नामथर प्रदेश १ श्री परशुराम खापुङ्ग, तेह्रथुम प्रदेश नं. १ २ श्री तिलक परियार, बाँके कर्णाली प्रदेश ३ श्री देवराज जोशी, बाजुरा सुदूरपश्चिम प्रदेश २०७८ कात्तिक २३ गते मंगलबार (सागर आचार्य) प्रवक्ता

प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नाम थर प्रदेश १ श्री सोमनाथ अधिकारी “प्यासी” प्रदेश नं. १ २ श्री गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश ३ श्री गंगाप्रसाद यादव सुदूरपश्चिम प्रदेश २०७८ कात्तिक २३ गते मंगलबार (सागर आचार्य) प्रवक्ता

कार्यभार तोक्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीश्री शेरबहादुर देउवाज्यू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन UN Climate Change Conference (COP 26) का अवसरमा हुन गइरहेको World Leaders Summit मा सहभागी हुन सम्वत् २०७८ साल कात्तिक १२ गते शुक्रबार बेलायततर्फ प्रस्थान गर्नु हुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय गृह मन्त्री श्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ । २०७८ साल कात्तिक १२ गते शुक्रबार (सागर आचार्य) प्रवक्ता

ओहदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. ब्राजिल H.E. Mr. Carlos Alberto Michaelsen Den Hartog आवासीय 2. इटाली H.E. Mr. Vincenzo De Luca गैरआवासीय 3. माल्टा H.E. Mr. Reuben Gauci गैरआवासीय 4. दक्षिण अफ्रिका H.E. Mr. Joel Sibusiso Ndebele गैरआवासीय २०७८ साल कात्तिक ५ गते शुक्रबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Carlos Alberto Michaelsen Den Hartog, Read More …

प्रेस विज्ञप्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हालैको अविरल वर्षाका कारण  मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुँदै शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना प्रकट गर्नुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूले विपद्को यस दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका  संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको Read More …

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज २५ गते सोमबार (जगन्‍नाथ पन्त) प्रवक्ता  

कार्यभार सम्हाल्ने गरी तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री श्री गजेन्द्रबहादुर हमालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७८ साल असोज २५ गते सोमबार (जगन्‍नाथ पन्त) प्रवक्ता

पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन 2. श्री विरोध खतिवडा मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या 3. डा. मीनेन्द्रप्रसाद रिजाल मन्त्री रक्षा 4. श्री उमाकान्त चौधरी मन्त्री खानेपानी 5. श्री रेनुकुमारी यादव मन्त्री भौतिक पूर्वाधार तथा यातायात 6. श्री प्रेम बहादुर आले मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 7. श्री दिलेन्द्रप्रसाद बडू मन्त्री कानुन, न्याय तथा संसदीय मामिला 8. श्री Read More …

मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री शेरबहादुर देउवा प्रधानमन्त्री 2.               श्री बालकृष्ण खाँण मन्त्री गृह 3. श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री सञ्चार तथा सूचना प्रविधि 4. श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ 5. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन 6. श्री विरोध खतिवडा मन्त्री स्वास्थ्य तथा Read More …

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष श्री राम बहादुर थापामगरज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४  बमोजिम आर्थिक वर्ष २०७७/०७८ को आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज २० गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता