मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय मन्त्री डा. नारायण खड्काज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७८ साल असोज ६ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता    

मन्त्री पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । २०७८ साल असोज ६ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

विभूषण प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा  देहाय बमोजिमका विभूषण प्रदान गर्नु भएको छ । विभूषणको प्रकार संख्या मानपदवी १. नेपाल रत्न १ २. राष्ट्र गौरव २ ३. महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी ५ ४. सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी ५ ५. उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी १ ६. प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ ७. सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ ८. सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ ९. कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी ८ १०. प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ ११. जनसेवाश्री पञ्चम श्रेणी Read More …

कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, श्री सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा  मिति २०७८/६/३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५२३ (पाँच सय तेइस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा  भएको छ । २०७८ साल असोज २ गते शनिबार । (जगन्‍नाथ पन्त) प्रवक्ता Read More …

कैद सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  को दफा १५९ को प्रावधान अनुसार पूर्ण बहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी  भएको छ । २०७८ साल असोज २ गते शनिबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

Federative Republic of Brazil का राजदूतबाट शिष्टाचार बिदाई भेट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि Federative Republic of Brazil का राजदूत H.E. Mrs. Maria Teresa Mesquita Pessoa ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र ब्राजिलबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७८ साल भाद्र २५ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता  

नवनियुक्त प्रधान सेनापतिबाट आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । २०७८  साल भाद्र  २४ गते बिहीबार (जगन्‍नाथ पन्त) प्रवक्ता

राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल भदौ २० गते आइतबार (जगन्नाथ पन्त) प्रवक्ता

भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल भदौ २० गते आइतबार (जगन्नाथ पन्त) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   २०७८ साल भदौ १९ गते शनिबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता