नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्माज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०७८/५/२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ । २०७८ साल भाद्र  ११ गते शुक्रबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

बागमती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम श्री यादवचन्द्र शर्माज्यूले बागमती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता

महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७६/०७७ को महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता

बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, संखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता  

बागमती प्रदेशका प्रदेश प्रमुख पदबाट पदमुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख श्री बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ २०७८ भदौ २ गते, बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । २०७८ भदौ १ गते, मङ्गलबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

प्रदेश प्रमुख पदबाट पदमुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री राजेश झालाई पदमुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र निज मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्नु हुने भएकोले हाल ज्येष्ठता क्रममा रहेका व्य.नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको निर्णयबाट सिफारिस भए बमोजिम मिति २०७८/४/२६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको छ । (जगन्नाथ पन्त) प्रवक्ता