प्रदेश प्रमुखज्यूहरूको पद तथा गोपनीयताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । क्र.सं. प्रदेश प्रमुखज्यूहरूको नाम, थर प्रदेशको नाम १. श्री पृथ्वीमान गुरूङ गण्डकी प्रदेश २. श्री अमिक शेरचन लुम्बिनी प्रदेश (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तपसिल बमोजिमका महानुभावहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । क्र.सं. नाम, थर प्रदेशको नाम १. श्री पृथ्वीमान गुरूङ, चितवन गण्डकी प्रदेश २. श्री अमिक शेरचन, चितवन लुम्विनी प्रदेश (केशव प्रसाद घिमिरे) सहायकप्रवक्ता

प्रदेश प्रमुखहरूलाई पदमुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।   क्र.सं. नाम, थर प्रदेशको नाम १. श्री सीताकुमारी पौडेल गण्डकी प्रदेश २. श्री धर्मनाथ यादव लुम्विनी प्रदेश (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राज्यमन्त्री पदमा नियुक्त गरी कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

अध्यादेश खारेज

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको मिति २०७८/४/३ मा प्राप्त पत्रानुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/२ को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ । मितिः २०७८/४/३ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

कार्यालयको ध्यानाकर्षण

नवनियुक्त माननीय महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपतिको कार्यालयमा नभएको भनी विभिन्न सञ्‍चार माध्यममा प्रकाशित/प्रसारित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएकोछ। महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद  ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि सम्माननीय प्रधान न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नु पर्ने व्यवस्था रहेकोछ । विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अङ्गका पदाधिकारीहरूको शपथ ग्रहण सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुँदै आएकोमा कोभिड-१९ विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी यस कार्यालयबाट सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक सम्माननीय प्रधान न्यायाधीशज्यूबाट शपथ ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण श्री सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाको लागि मिति २०७८/१/५ Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि फ्रान्सका महामहिम राजदूतबाट शिष्टाचार बिदाई भेट 

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फ्रान्सका महामहिम राजदूत H.E. Mr. Francois- Xavier Leger ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

महान्यायाधिवक्ता पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्म बहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सङ्‍घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा सम्वत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा सङ्‍घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी,  प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाई भेट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मित्रराष्ट्र जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी,  प्रशिक्षक र व्यवस्थापकहरूलाई राष्ट्रपति भवन, महाराजगञ्‍जमा आयोजित समारोहमा सफलताको शुभकामना दिई बिदाई भेट गर्नुभयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता