प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको Read More …

प्रधानमन्त्री नियुक्ति सम्बन्धमा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार सहित दावी प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आज मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्मको समय दिई आह्वान  गर्नुभएकोमा उक्त अवधिभित्र परेका प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओली र माननीय सदस्य श्री शेरबहादुर देउवाका दाबीहरूमा देहायको अवस्था देखिएकोले देहाय बमोजिम निर्णय गर्नु भएको व्यहोरा अनुरोध छः- प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीले नेकपा (एमाले) का १२१ र जनता समाजवादी पार्टी, Read More …

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‍का तपसिल बमोजिमका मन्त्रीहरूलाई सर्वोच्च अदालतको मिति २०७८/२/६ को अन्तरिम आदेश बमोजिम रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु, गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा निजहरूले सम्हाली आउनु भएको मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्न सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मिति २०७८/२/७ को सिफारिस बमोजिम सम्माननीय प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नु भएको छ । क्र.सं. नाम थर प्रधानमन्त्रीले सम्हाल्ने थप मन्त्रालयहरू 1. श्री रामबहादुर थापा गृह 2. श्री टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ 3. श्री लेखराज भट्ट उद्योग, वाणिज्य तथा Read More …

सम्माननीय राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिको लागि प्रतिनिधि सभाका सदस्यलाई आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा माननीय श्री केपी शर्मा ओलीज्यूलाई मिति २०७८/१/३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकोमा उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्‍वासको मत प्राप्त गर्नु पर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्‍वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्‍न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त Read More …

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. शपथ सम्बन्धी अध्यादेश, २०७८ २. कोभिड-१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सीता उत्पत्ति दिवस (सीता जयन्ती) को अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता उत्पत्ति दिवस  (सीता जयन्ती) को शुभकामना सन्देश राजर्षी जनककी छोरी एवं नेपालभूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको केन्द्रसमेत मानिएको जनकपुरसहित देशभरिका रामजानकी मन्दिरहरूमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन माता सीताको पूजा–अर्चना गरी सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको प्रतिष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन रामायण र पुराणहरूमा गरिएको छ । माता सीताको प्रादुर्भाव तथा त्यसपछिका घटनाक्रमसँग सम्बद्ध वर्णन हाम्रो Read More …

मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन तथा शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १.               श्री केपी शर्मा ओली प्रधानमन्त्री रक्षा २. श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३. श्री रामबहादुर थापा मन्त्री गृह ४. श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ५. श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ ६. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ७. श्री हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या ८. श्री लेखराज भट्ट मन्त्री उद्योग, Read More …

प्रधानमन्त्री पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

दावी पेश हुन नआएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२)  बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९.०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ । (रूपनारायण भट्टराई) प्रवक्ता  

कार्य सञ्चालन सम्बन्धमा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८/१/२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ को पत्र प्राप्त हुन आएकोले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता