महान्यायाधिवक्ताको पदबाट राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७7/१2/6 गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । साथै, उहाँले महान्यायाधिवक्ताको हैसियतले सम्पादन गर्नुभएको कार्यप्रति  सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट

विज्ञप्ति मंगलबार, ३ चैत्र २०७७ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आह्वान गर्नुभए बमोजिम प्रमुख  राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयहरूमा विचार आदान—प्रदान भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजना भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू श्री महन्थ ठाकुर र श्री उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रममा Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री चोलेन्द्र शमसेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । (रुपनारायण भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल फागुन १७ गते सोमवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेल्जियमका लागि नेपालको आवासीय राजदूत श्री गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७७ साल फागुन १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री लोकदर्शन रेग्मीले र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. निर्मलकुमार विश्वकर्माले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । (जगन्नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूत शिष्टाचार विदाई भेट

आज मिति २०७७ साल फागुन ११ गते, मङ्‌गलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका महामहिम राजदूत Mr. Masamichi Saigo ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । (जगन्नाथ पन्त) प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल फागुन ११ गते मङ्‌गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता