प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश नं. २ का नवनियुक्त माननीय प्रदेश प्रमुख श्री राजेश झाज्यूले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।   (जगन्नाथ पन्त) प्रवक्ता

प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । (जगन्नाथ पन्त) प्रवक्ता

प्रदेश नं. २ का प्रदेश प्रमुखको पदमुक्त

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ। (जगन्नाथ पन्त) प्रवक्ता

कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सुरेन्द्र भन्ने सालिन्द्र यादवसमेतका १५ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी  भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम मिति २०७७ साल फागुन ७ गते देखि लागू हुने गरी विर्खहाङ लिम्बु समेतका ४०१ (चार सय एक) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा  भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७७ साल फागुन ७ गते देखि लागू हुने गरी सर्वोच्च अदालतको मिति २०७७/४/१९ को परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई २०७७/११/६ सम्ममा कम्तीमा ५०% (पचास प्रतिशत) कैद भुक्तान भएको र असल चालचलन भएका त्वातिके भन्ने सुदिप लिम्बु समेत १७९ (एक सय उनासी) जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा  भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता    

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७७ साल फागुन ३ गते, सोमबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. इस्लामिक गणतन्त्र पाकिस्तान H.E. Mr. SYED HAIDER SHAH आवासीय 2. अष्‍ट्रेलिया H.E. Ms. FELICITY JANE VOLK आवासीय (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपतिबाट अध्यादेश जारी

विज्ञप्ति आज मिति २०७७ साल माघ २३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा

आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तडा. गणेश राज जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७७/१०/२१ गतेदेखि लागू हुने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको छ । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको विभिन्‍न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तपसिल अनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. संवैधानिक निकाय पद नामथर १.    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त श्री प्रेम कुमार राई आयुक्त श्री किशोर कुमार सिलवाल आयुक्त श्री जय वहादुर चन्द २. निर्वाचन आयोग निर्वाचन आयुक्त श्री राम प्रसाद भण्डारी निर्वाचन आयुक्त डा. जानकी कुमारी  तुलाधर ३. राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष श्री तप वहादुर मगर सदस्य डा. सूर्य प्रसाद शर्मा ढुङ्गेल सदस्य श्री मिहिर ठाकुर सदस्य श्री मनोज दुवाडी Read More …