सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” का अवसरमा व्यक्त शुभकामना सन्देश

[vc_row][vc_column][vc_column_text] “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” को शुभकामना सन्देश विभिन्‍न समुदायहरूद्वारा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी चाडको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यस पर्वमा स्नान, दान, पूजाअर्चना, मनोरञ्‍जन साथै मिष्ठान्‍न भोजन गर्दै मनाउने प्रचलन रहि आएको छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइन्छ । विशिष्ट मौलिक साँस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हाम्रा पर्वहरूले साँस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न  उल्लेख्य योगदान पुर्‍याएको मैले विश्‍वास लिएको Read More …

कार्यभार तोक्नु भएको

[vc_row][vc_column][vc_column_text]आज मिति २०७6 साल पुस 25 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधामन्त्रीज्यू स्वयंले सम्हाली आउनुभएकोमा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्ने गरी र सहरी विकास मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्हाल्ने गरी तोक्नु भएको छ ।     (हरि प्रसाद दाहाल) प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3883″][/vc_column][/vc_row]

कार्यभार तोक्नुभएको

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र माननीय सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरुले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस ९ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री उदयराज पाण्डे मलेसिया गणतन्त्र फिलिपिन्स २. श्री दीपक अधिकारी फ्रान्स मोनाको ३. श्री महेशराज दाहाल अष्ट्रेलिया न्यूजिल्याण्ड ४. श्री मणिप्रसाद भट्टराई स्वीट्जरल्याण्ड इटली     (हरि प्रसाद दाहाल)  प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि भारतका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल पुस ८ गते, मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि भारतका राजदूत महामहिम Manjeev Singh Puri ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा भारत र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल पुस ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री चोलेन्द्र शमसेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस २ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री उदयराज पाण्डे मलेसिया ब्रुनाई दारुसलाम 2. श्री गणेशप्रसाद ढकाल थाइल्याण्ड क्याम्बोडिया, लाओस र भियतनाम 3. श्री अमृतबहादुर राई संयुक्त राष्ट्रसंघ, न्यूयोर्क इक्वेडर 4. श्री भृगु ढुङ्गाना क्यानडा क्यूवा     (केशव प्रसाद घिमिरे)  सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाटसंघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७६ साल मङ्‌सिर २४ गते मङ्गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ साल पुस ४ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तबाट उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल मङ्‌सिर २२ गते, आइतबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाबाट राष्ट्रपति भवन, शीतलनिवासमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका आयुक्तहरु समेतको उपस्थिति थियो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता