सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति पनि सम्मान एवम् श्रद्धा प्रकट गर्दछु । वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई Read More …