सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को शुभकामना सन्देश चौथो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । लैङ्गिक समानता प्राप्तिको आन्दोलनमा योगदान र प्रेरित गर्ने सम्पूर्ण अग्रजहरूप्रति यस अवसरमा हार्दिक सम्मान प्रकट गर्दछु  । वि.सं. २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाद्वारा महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्‍चित गर्ने आधार निर्माण गरिएको स्मरण स्वरूप आजको दिनलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । उक्त विशेष प्रस्तावलाई तत्कालीन अन्तरिम संविधानले आफ्नो अङ्गको रूपमा ग्रहण गरेको थियो भने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०७९ को शुभकामना सन्देश १५औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय‚ नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । वंश परम्परामा आधारित शासन व्यवस्थालाई Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उँभौली पर्व, २०७९ अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०७९ को शुभकामना सन्देश नेपाली किराँत समुदायको महान् पर्व उभौलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, सुनुवार, याक्खा लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमा (वैशाखे पूर्णे) लाई उभौली पर्वको रूपमा मनाइन्छ । किराँत समुदायमा प्रकृति र पितृपूजनको समृद्ध संस्कृति विद्यमान छ । गृष्म ऋतुसँगै वर्षातको मौसम समेत प्रारम्भ हुने हुनाले उभौली पर्व मनाउने सिलसिलामा अन्नबाली सप्रियोस्¸ रोगव्याधि नलागोस्¸ सुख्खा खडेरी¸ बाढी¸ पहिरो जस्ता प्राकृतिक विपत्तिहरू Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६६औँ बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६६औँ बुद्ध जयन्तीको शुभकामना सन्देश विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि-संयोग पर्ने भएकाले यस दिन विश्‍वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो । आत्मचिन्तन‚ जीवनको भोगाई र अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सीता जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता जयन्तीको शुभकामना सन्देश राजर्षि जनककी छोरी एवं नेपालभूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम–जानकी मन्दिरहरूमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा–अर्चना सहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन बाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ । माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृशक्तिको  भूमिकाले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (ईद उल फित्र) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (ईद उल फित्र) पर्व, २०७९ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद उल फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ । इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ । साथै‚ ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को सन्देश अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुलुकको उद्योग‚ कृषि‚ निर्माण र सेवा लगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु । विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यवद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइन्छ । यस दिवसले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सातौं भूकम्प स्मृति दिवसको अवसरमा दिनु भएको सन्देश

सातौं भूकम्प स्मृति दिवसको सन्देश गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा‚ सरकारी तथा सार्वजनिक भवन‚ शैक्षिक र स्वास्थ्य संस्थाका भवन‚ निजी आवास‚ सडक र पुल लगायतका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ । बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारी समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको छ । यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत भूकम्पपश्चात्‌को पुनर्निर्माण तथा पुनर्थापनाका कार्यहरूमा सहयोग गर्ने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नव वर्ष २०७९ सालको शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

नयाँ वर्ष २०७९ सालको शुभकामना सन्देश नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दछु । हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएका छौँ । तसर्थ नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो । कोभिड–१९ को महामारीले गत वर्ष मुलुकको जनजीवन र अर्थतन्त्रमा चुनौतिहरू थप्यो । अनपेक्षित प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनका साथै निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूमा नोक्सानी हुन पुग्यो । नयाँ वर्षको सुरुवात भएको यस अवसरमा हामीले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डरीज्यूले २६२१ औं महावीर जयन्तीको अवसरमा दिनुभएको सन्देश

२६२१ औं महावीर जयन्तीको सन्देश जैन धर्मका प्रवर्तक महावीरको २६२१ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउनु हुने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू गरी उत्साहपूर्वक मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग – सत्य, अहिंसा, ब्रह्मचर्य‚ अचौर्य, र अपरिग्रहका सिद्धान्तहरू प्रतिपादन गर्नुभयो र स्वयंले यी सिद्धान्तहरूको पालना समेत गर्नुभयो । उहाँले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नु भयो । यसरी महावीरको Read More …