सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरुनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ पवित्र स्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना‚ भजनकिर्तनका साथै  विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती  मनाउने गरिन्छ । यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विना भेदभाव नि:शुल्क सामूहिक भोजन गर्ने ‘लंगर परम्परा’ समेत रहेको छ । यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय जनगणना २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय जनगणना २०७८ को सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, हरेक दस वर्षमा सञ्चालन गरिने जनगणनाको १२औँ श्रृङ्खला राष्ट्रिय जनगणना २०७८ शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दछु । आजदेखि सुरु भई आगामी मङ्सीर ९ गतेसम्म सबै नेपालीहरूको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गर्ने प्रयोजनका लागि केन्द्रीय तथ्याङ्क विभागले मुलुकभरि गणकहरू खटाएको छ । सबै नागरिकको पारिवारिक, सामाजिक तथा आर्थिक विवरणहरू सङ्कलन, प्रशोधन एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो । जनगणनामार्फत् उपलब्ध हुने तथ्याङ्क मुलुकको विकास निर्माणसम्बन्धी नीति‚ योजना र कार्यक्रम निर्माणको लागि आवश्यक सूचनाको स्रोत हुनुका साथै राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत धर्म र संस्कृतिको पहिचान‚ संरक्षण र संवर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि समेत खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी नेपालका जिल्लाहरूमा विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०७८ को शुभकामना सन्देश छठ पर्व, २०७८ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । मूलतः नेपालको तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गरी मनाइन्छ । विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास रहेको छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक Read More …

सम्माननीय राष्ट्रपतिज्यूले नेपाल संवत् ११४२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल संवत् ११४२ को शुभकामना सन्देश ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्‌को नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको Read More …

सम्माननीय राष्ट्रपतिज्यूले तिहार पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार पर्व, २०७८ को शुभकामना सन्देश नेपालीहरूको महान् चाड तिहार, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । बडा दशैँ पर्वको रमझम सकिए लगत्तै कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ । यम पञ्चक समेत भनिने तिहार पर्वमा काग‚ कुकुर‚ गाई‚ गोरू लगायत पशुपंक्षीका साथै धन र ऐश्‍वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने हाम्रो मौलिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व हात धुने दिवसको अवसरमा दिनु भएको शुभकामना सन्देश

विश्‍व हात धुने दिवसको शुभकामना सन्देश आज विश्‍व हात धुने दिवस‚ १५ अक्टोवरका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आफ्ना हातहरू सफा राख्‍नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्त्वपूर्ण कार्य हो । हात सफा नभएका कारणले नै अनेक सङ्क्रमणहरू भई विश्‍वभर कैयौं मानिसहरूले मृत्युवरण गर्नु परेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचिमिची साबुन पानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखाला लगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ । हाल विश्‍वव्यापी महामारीको रूपमा देखा परेको कोरोनाभाइरस समेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपाय मध्ये हातको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बडा दसैँ, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

बडा दसैँ, २०७८ को शुभकामना सन्देश नेपालीहरूको महान् चाड बडा दसैँ, २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको बडा दसैँ पर्वभित्र विशेष  महत्त्व रहेको छ । वर्षाको हिलोमैलो पछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना‚ कृषि ‌औजार Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को शुभकामना सन्देश आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् सन् १९९१ देखि आजको दिन हामीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका छौं । यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय  निर्धारण गरेको छ । तीव्र रूपमा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जितीया पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितीया पर्व, २०७८ को शुभकामना सन्देश जितीया पर्व, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण चाडका रूपमा लिइन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ । भौगोलिक‚ सामाजिक र Read More …