सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व ,२०७८ को शुभकामना सन्देश कुमारी इन्द्रजात्रा पर्व, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना एवं जीवित देवी कुमारी र गणेश तथा भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षाका कारण फलेको राम्रो अन्‍नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ। प्रकृतिसँग यसरी जोडिएका जात्रा एवं पर्वहरू सयौं वर्षदेखि निरन्तर चलिआएका हुनाले हाम्रो मुलुक  प्रकृति र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश नेपाली जनताको बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकोमा सम्मान र त्यस दिनको स्मरण स्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस सुखद् अवसरमा देशभित्र तथा बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान प्रकट गर्दछु । वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०७८ को शुभकामना सन्देश राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु । नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी  बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

हरितालिका (तीज), २०७८ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्‍चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छ । विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

 गौरा पर्व, २०७८ को शुभकामना सन्देश गौरा पर्व २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख‚ शान्ति र समृद्धिको  हार्दिक शुभकामना व्यक्त गर्दछु । भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदुरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वको अवसरमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा-अर्चना गर्दै पाँच प्रकारको अन्नको मिश्रणबाट बनेको “बिरूडा” लाई प्रसादको रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन रहेको छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले  सुख, शान्ति प्राप्त हुने, ईष्ट र कुल देवता प्रशन्न हुने जनविश्वास रहेको छ । यस प्रकारका लोक परम्परा तथा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७८ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक  यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आवद्ध गरी Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय युवा दिवस, २०७८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

आज अगष्ट १२ तारिखका दिन संयुक्त राष्ट्रसंघको आव्हानमा ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल संकल्पका साथ अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदै छ । यस दिवसले नेपाली युवाहरूमा सकारात्मक परिवर्तनका लागि सिर्जनात्मक सोचकासाथ अग्रसर हुन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु । चेतना र जागरणका संवाहक युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्य लिएर स्थापित राष्ट्रिय युवा परिषद्ले विविध सिर्जनात्मक क्रियाकलापहरू गर्दै आएकोमा खुसी लागेको छ । युवा शक्ति देशको शक्ति हो । युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको हुन्छ । युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र सामाजिक आर्थिक प्रणाली नै अवरुद्ध हुन पुग्दछ Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय बाघ दिवस, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

आज जुलाई २९ तारिखलाई विश्व बाघ दिवसका रूपमा “बाघको अस्तित्वः मानवको दायित्व” भन्ने मूल संकल्पका साथ विश्वभरि मनाइँदै छ । नेपालमा पनि हामीले केन्द्रीय र स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी विश्व बाघ दिवस मनाउँदैछौं । यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनर्उत्थान गर्न ठूलो चुनौती खडा भएको छ । यसै यथार्थलाई ध्यानमा राख्दै सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित बाघ पाइने १३ राष्ट्रका सरकार प्रमुखको सहभागितामा सम्पन्न विश्व बाघ सम्मेलनको अवसरमा बाघ संरक्षणका लागि विभिन्न मुलुकले आ–आफ्नो Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले इद उल अज्हा (बकर इद) पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

इद उल अज्हा (बकर इद) पर्व, २०७८ को शुभकामना सन्देश मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्‍भाव तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ । यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्‌भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुन्छ । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को शुभकामना सन्देश अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ । यस वर्ष हामी “मानव सुस्वास्थ्यको लागि योग” भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेका छौं । योग एक शारीरिक‚ मानसिक एवं आध्यात्मिक अभ्यास हो । यो निश्‍चित नियम, विधि Read More …