सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
विश्व वातावरण दिवस, (जुन ५) २०२१ को शुभकामना सन्देश विश्व वातावरण दिवस (जुन ५) २०२१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्र संघले आव्हान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष हामी पारिस्थितिकीय प्रणाली पुनर्स्थापनाको विषयमा केन्द्रित हुँदै “नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनर्स्थापना” को लागि विश्व वातावरण दिवस मनाउन लागिरहेका छौं । आजको दिनलाई हामी सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जल¸ वायु¸ जमिन र जङ्गलसँग Read More …