सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छैठौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश
वि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दाजुभाइ तथा दिदीबहिनीहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । विनाशकारी भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऎतिहासिक धरहरालाई भत्काएको भएता पनि हाम्रो राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न सकेन । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण गर्ने र प्रभावितहरूको पुनःस्थापनाका कार्यहरूलाई लगभग अन्तिम चरणमा पुर्याएको छ । हालसम्म लाखौँको संख्यामा निजी आवास तथा हजारौँको संख्यामा विद्यालयहरूको पुनर्निर्माण भैसकेको छ भने केही निर्माणाधीन रहेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका Read More …