सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

उधौली पर्व, २०७७ को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । उधौली पर्वको अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलको लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामना सहित भूमिको पूजा गर्ने गर्दछन् । यसका साथै, यस पर्वको अवसरमा किराँत महिला र पुरुषहरू खुल्ला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न कृयाकलापहरूको अनुकरण Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तमु ल्होसार पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्व, २०७७ को शुभकामना सन्देश गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् । यस पर्वको अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको पाइन्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डे को शुभकामना सन्देश इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । क्रिसमस, विश्‍वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँदछन् । यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्‍भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भन्ने मैले विश्‍वास लिएको छु । यसबाट दिगो शान्ति प्रवर्द्धनमा सहयोग पुग्ने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्‍चमीको अवसरमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । प्राचीन कालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने, रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवम् कथा वाचन गर्ने परम्परा रही आएको छ । यसैगरी विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने समेत परम्परा रहेको छ । यस वर्ष कोभिड-१९को Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको शुभकामना सन्देश ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । सन् १९४८ डिसेम्वर १० तारिखमा विश्‍वव्यापी मानवअधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाइने गरिन्छ । मानवअधिकारका विषयहरू अविभाज्य रहने तथा तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाल लगायत संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूले स्वीकार गरेका छन् । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगीकार गरेको छ । समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सिमान्तकृत नागरिकलाई Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

२९औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्वर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ । ‘कोभिड-१९ पश्‍चात्‌को उत्कृष्ट पुनरागमनको सुनिश्‍चितताः अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ भन्ने राष्ट्रिय संकल्पका साथ नेपालमा पनि अपाङ्गता दिवस मनाउन लागिएको छ । नेपालको संविधानले अपाङ्गता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरूनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सिख धर्मका प्रवर्तक गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । सिख समुदायले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्दछन् । सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुहुने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त गरी समाजमा आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०७७ को शुभकामना सन्देश “महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस” (नोभेम्बर २५) को अवसरमा विश्‍वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्‍वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्‍ने राष्ट्रिय संकल्पका साथ आज नोभेम्बर २५ देखि आगामी डिसेम्बर १० सम्म “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” सञ्‍चालन गर्दैछ । कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व¸ २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व¸ २०७७ को शुभकामना सन्देश छठ पर्व, २०७७ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्‍चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य  दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजा-अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्‍न गर्नाले मनोवाञ्छित फल पाइने, समाज Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल संवत् ११४१” को अवसरमा दिनुभएको शुभकामना सन्देश

“नेपाल संवत् ११४१” को शुभकामना सन्देश ‘नेपाल संवत् ११४१’ प्रारम्भ भएको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा विशेष रूपमा मनाउने गरिन्छ । लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले Read More …