सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७७” को अवसरमा दिनुभएको शुभकामना सन्देश
“तिहार पर्व, २०७७” को शुभकामना सन्देश नेपालीहरूको महान् चाड तिहार, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । काग तिहारको दिनबाट सुरू भएर क्रमश: कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार एवं गोवर्द्धन पूजा र भाइटीकासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । तिहारमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका पशुपंक्षी, धन–ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मी¸अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने Read More …