सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” का अवसरमा ब्यक्त शुभकामना सन्देश
नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” को शुभकामना सन्देश नेपालीहरूको महान चाड वडा दशैं/विजयादशमी, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड हो । यो पर्व घटस्थापनादेखि प्रारम्भ भई नवरथा हुँदै कोजाग्रत पुर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ। यस पर्वले सबै नेपालीलाई Read More …