संविधान दिवस तथा राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्‍भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । संविधान जारी भएपछि सम्पन्‍न गर्नु पर्ने स्थानिय तहको निर्वाचन सम्पन्‍न भैसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ ।यी सवै निर्वाचनले राज्य संचालनका Read More …

सम्माननीय राष्ट्रपतिज्यूले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भए पश्‍चात हुन लागेको  तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु । नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको श्रृङ्‍खला को रुपमा व्यापक जनसहभागितासहित मिति 2074 वैशाख 31 गते पहिलो चरणको निर्वाचन र २०७४ असार १४ गते दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्वविदितै छ ।स्थानिय तहको तेस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ । साथै, यस निर्वाचनले Read More …

बाल दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

“बालमैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ मनाउन लागिएको वाल दिवसको अवसरमा सुख, शान्ति, समृद्धि एवं शिक्षा प्राप्तिको अवसर सम्पूर्ण वालवालिकाहरुलाई प्राप्त होस् भन्ने कामना गर्दछु । संविधान सभाद्वारा निर्मित संविधान जारी भई लामो राजनीतिक संक्रमण कालको समाप्ति संगै बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण कार्यहरु भएका छन् । बालबालिकाहरुको संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै छन् । गुणस्तर स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुर्व्यवहार, शोषण लगायत बालबिवाह जस्ता कूप्रचलनहरु पूर्ण रुपमा समाप्त गर्दै वास्तविक बाल अधिकार प्रवर्द्धन गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ । बाल अधिकार हनन्का घटनाहरुबाट Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३८ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा गर्नुभएको संबोधन

माननीय उपप्रधान एवं शिक्षामन्त्री, माननीय मन्त्रीहरु, माननीय सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, उपकुलपतिहरु, राष्ट्रसेवकहरु, विभूषित विद्यार्थी तथा अनुसन्धाताहरु, भद्रमहिला तथा सज्जनवृन्द ! ३८ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी एवं अनुसन्धाताहरुलाई विभूषित गर्ने समारोह आयोजना भएकोमा खुशी व्यक्त गर्दै शिक्षा मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । आज पदक ग्रहण गर्ने सम्पूर्ण उत्कृष्ट व्यक्तिहरुमा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछु । यहाँहरुबाट आर्जित ज्ञान र विद्वता मुलुकको सामाजिक आर्थिक समृद्धिमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । देश विकासको आधारस्तम्भ शिक्षा हो । शिक्षाले सामाजिक, साँस्कृतिक र राजनैतिक रुपमा चेतनशील र जागरुक नागरिक तयार गर्छ भने Read More …

बकर ईद (इदुल जोहा) पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

ईस्लाम धर्माबलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्‌भाव कायम गर्न योगदान  पुर्‍याएका छन् । भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन् । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्‌भाव, सद्‌विचार र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्‌भावलाई Read More …

गौरा पर्वको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको सुदूरपश्‍चिम तथा मध्यपश्‍चिम क्षेत्रमा मनाइने  धार्मिक सांस्कृतिक महत्वको रुपमा रहेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सवै नेपालीबीच धार्मिक सहिष्णुता, सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । सदियौँदेखि मनाईदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्‍न समेत सफल भएको छ । हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट राष्ट्रिय एकता सुदृढ हुँदै आएको छ । यस Read More …

हरितालिका तीजको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । बहुजाति, बहुभाषा, बहुसँस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा यी र यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न सहयोग पुगिरहेको तथा एकापसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर समेत प्रदान गरेका छन् । हाम्रो Read More …

श्री कृष्ण जन्माष्टमी पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न सहयोग पुर्‍याएकोछ । भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् । हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्‍भाव, सद्‌विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्‍न सकौं र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ, यही मेरो Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट आम मतदाताहरुलाई दिनुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु । देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको श्रृङ्‍खला को रुपमा व्यापक जनसहभागितासहित मिति २०७४ वैशाख ३१ गते पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्वविदितै छ ।स्थानिय तहको दोस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ । साथै, यस निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका Read More …

ईदुलफित्र पर्व २०७४ को शुभ अवसरमा सम्माननीय राष्ट्रपतियूको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईदुल फित्र जस्ता विशेष पर्वले देशभित्र वसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्‍भाव र भाइचाराको प्रबर्द्धन गर्दै आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन् । यसले हामीलाई विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गरेको छ । रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई Read More …