नेपाल सम्वत् ११३७ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालीहरुको आफ्नै मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै सबै नेपालीहरुमा भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु । अन्तमा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरु एकाकार हुन्छौं, त्यसरी नै नेपालको संविधान मार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धीहरुको जर्गेना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने मेरो Read More …

शुभ दीपावली २०७३ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । घरघरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्ररेणा प्रदान गरोस् भन्ने कामना गर्दछु । अन्तमा, यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरु एकजुट हुन्छौ, त्यसरी नै नेपालको संविधान मार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धीहरुको जर्गेना गरी समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरुको महान चाडका अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ-२०७३ का सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीका प्रतीकको रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । विभिन्न जात-जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् । साथै, हाल मनाइरहेको महान पर्व वडादशैं तथा Read More …

२६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“ज्येष्ठ नागरिकप्रति गरिने भेदभाव विरुद्ध उभियौं” (“Take a Stand Against Ageism”) भन्ने नाराका साथ देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आज मनाउन लागिएको २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ (तद्‌नुसार १ अक्टोबर २०१६) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरुको सुख, शान्ति, सुस्वास्थ्य दीर्घजीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ज्येष्ठ नागरिकको योगदानबाट प्रेरणा लिने र समृद्ध अनुभवबाट शिक्षा प्राप्त गर्न युवा पिँढी तयार हुनु पर्दछ । यसो गर्न सक्दा नै जेष्ठ नागरिकप्रति सच्चा सम्मान गरेको ठहरिने छ । यही भावनाअनुकूल वर्तमान संविधानमा मौलिक हकको रुपमा ज्येष्ठ नागरिकहरुलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक Read More …