सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को अवसरमा दिनुभएको सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को शुभकामना सन्देश जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय  दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा हामीले मनाउँदै आएका छौँ । सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्‌भावको अभिवृद्धि हुन्छ भन्ने लाग्दछ । तथापि, समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक  Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले छैठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८१ को अवसरमा दिनु भएको शुभकामना सन्देश

छैठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८१ को शुभकामना सन्देश “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ मनाउन लागिएको छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक, अधिकार सुनिश्‍चित गर्न योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । महिलाको अधिकारलाई सुनिश्चितता Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको सन्देश

गणतन्त्र दिवस, २०८१ को शुभकामना सन्देश स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! सर्वप्रथम १७ औँ गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना र बधाई दिन चाहन्छु। यो नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो। १७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ। यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ। यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने आदरणीय सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। यहाँसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६८औं बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महानिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा लिंदै बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उभौली पर्वको पावन अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०८१ को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा  स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई  उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा-मीठा परिकार खाएर आपसमा सुख, Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सीता जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता जयन्तीको शुभकामना सन्देश राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्‍ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ । माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरकारूपमा रहि आएको छ । जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ । माता सीतालाई धैर्यता, सहनशीलता Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को शुभकामना सन्देश विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्‌ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ । प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व मजदुर दिवस (मे १), २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व मजदुर दिवस (मे १) २०२४ को शुभकामना सन्देश विश्व मजदुर दिवस (मे १) २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु । श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष “मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान” भन्ने नाराकासाथ १३५औं विश्व मजदुर दिवस मनाइरहेका छौं । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवौं भूकम्प स्मृति दिवसको अवसरमा दिनुभएको सन्देश

नवौं भूकम्प स्मृति दिवसको  सन्देश गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २६२३ औं महावीर जयन्तीको अवसरमा दिनुभएको सन्देश

२६२३ औं महावीर जयन्तीको सन्देश जैन धर्मका प्रवर्तक महावीरको २६२३ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको Read More …