सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘नोवल कोरोनाभाइरस (कोभिड-१९)बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा जारी गर्नुभएको सन्देश

नोवल कोरोनाभाइरस (कोभिड–१९)बाट उत्पन्‍न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा जारी सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नोवल कोरोनाभाइरस (कोभिड-१९) नामक सङ्क्रामक रोगले विश्‍वव्यापी महामारीको रूप लिएको दुःखद विषय सर्वविदितै छ । यस महामारीबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुकहरू प्रभावित हुनुका साथै चार लाखभन्दा बढी जनसङ्ख्यामा संक्रमण भई १८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दुःखको यस घडीमा संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आ-आफ्नो ठाउँबाट क्रियाशील हुन हार्दिक आव्हान गर्दछु । सुरुमा चीनको बुहान शहरमा देखा परेको यस महामारीविरुद्ध चिनियाँ सरकारद्वारा सञ्‍चालित प्रभावकारी जनस्वास्थ्य प्रतिकार्य र यसमा त्यहाँका लगनशील एवं अनुशासित स्वास्थ्यकर्मी तथा जनताको सक्रिय सहभागिताका कारण चीनमा यो रोग लगभग नियन्त्रणमा आएको ठानिएको छ। Read More …

“कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७६ चैत १० गते, सोमबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल चैत्र ७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, 2053 लाई संशोधन गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त फागुपूर्णिमा (होली) पर्व, २०७६ को शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७६ को शुभकामना सन्देश नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । रङ्गहरूको पर्वका रूपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा (होली) यस वर्ष पहाडी र हिमाली जिल्लाहरूमा फागुन २६ र तराईका जिल्लाहरूमा फागुन २७ मा मनाइँदै छ । साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीहरू बिच सामाजिक सद्‍भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्‍न योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु । अन्तमा, यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद । Read More …

मन्त्री पदमा नियुक्त

आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा सुदूरपश्चिम प्रदेशको भ्रमण सम्पन्न

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २०७६ साल फागुन १४ देखि १७ गतेसम्म सुदूरपश्चिम प्रदेशका पाँचवटा जिल्लाहरू- कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको भ्रमण सम्पन्‍न गर्नुभएको छ । भ्रमणको सिलसिलामा उहाँले त्यस क्षेत्रका प्रमुख धार्मिक स्थलहरूको दर्शन, सांस्कृतिक र ऐतिहासिक केन्द्रहरूको अवलोकन गर्नुका साथै साहित्य, शिक्षा एवं पर्यटनसम्बन्धी विभिन्‍न कार्यक्रमहरूको उद्‍घाटन गर्नुभएको थियो । भ्रमणको पहिलो दिन फागुन १४ गते उहाँले सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा धनगढीमा आयोजित विश्व साहित्य सम्मेलनको उद्‍घाटन गर्नुभयो । आफ्नो उद्‍घाटन मन्तव्यको क्रममा उहाँले सुदूरपश्चिम प्रदेश कला, साहित्य र संस्कृतिका लागि उर्बर रहेको कुरा उल्लेख गर्नुहुँदै यस क्षेत्रका अग्रणीहरू पहलमान स्वाँर र जयपृथ्वीबहादुर सिंह जस्ता स्रष्टाहरूले नेपाली भाषा, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त ग्याल्बो ल्होसार, २०७६ को शुभकामना सन्देश

ग्याल्बो ल्होसार, २०७६ को शुभकामना सन्देश नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा लगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा ग्याल्बो ल्होसार मान्‍ने समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाई गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्‍ने, नौ प्रकारका अन्‍न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मीठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् । हाम्रो देश प्राकृतिक, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट कैदीहरुको बाँकी कैद कट्टा/ माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७६/११/७ गते देखि लागू हुने गरी प्रकाश थेवेसमेतका ३२९ (तीन सय उनन्तीस) जना कैदीहरुको बाँकी कैद कट्टा/ माफी मिनाहा भएको छ ।   २०७६ साल फागुन ६ गते मंगलबार   (हरि प्रसाद दहाल) प्रवक्ता