सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को समुद्घाटन समारोहका अवसरमा गर्नुभएको सम्बोधन
जिल्ला समन्वय समिति महासंघ नेपालले आफ्नो तेस्रो राष्ट्रिय परिषद्को आयोजना गरेकोमा धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु । यस बैठकमा महासंघलाई विगतमा आफूले गरेका कार्यहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाहरु तर्जूमा गर्न सफलता मिल्ने विश्वास लिएको छु । जनताको लामो संघर्षद्वारा मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले जनप्रतिनिधिमूलक संस्थाको नेतृत्वमा सहभागितात्मक विकासको अवधारणालाई आत्मसात गरेको छ । संघीयताको कार्यान्वयन गरी आर्थिक रूपान्तरणको प्रक्रियामा मुलुक अगाडि बढिसकेको परिस्थितिमा नागरिकका लागि लक्षित सेवा प्रवाहले उनीहरूको आर्थिक, सामाजिक जीवन—पद्धतिमा के कस्तो परिर्वतन ल्यायो ? उपलब्धीको मात्राको दृष्टिले तथा समय र आर्थिक लगानीको हिसाबले सन्तोष गर्न सकिने अवस्था भएको छ वा छैन जस्ता विषयमा जनप्रतिनिधिमूलक Read More …