सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण उद्घाटन समारोहलाई गर्नु भएको सम्बोधन
सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री, माननीय मन्त्रीहरू, माननीय सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द । हाम्रो देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको निर्माण कार्य सम्पन्न प्रायः भई घरघरमा पानी वितरणको शुभारम्भ भएको यो अवसरमा खुशी व्यक्त गर्दछु । यसको सफल कार्यान्वयनसहित दिगो संरक्षणको लागि शुभकामना पनि प्रकट गर्दछु । आजको यस अवसरमा आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरूको योगदानको म स्मरण गर्दै आभार व्यक्त गर्दछु । बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पानीको स्रोत खोजी गर्ने सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित Read More …