
संविधान दिवस एवम् राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन
सम्माननीय उपराष्ट्रपति, सम्माननीय कार्यवाहक प्रधानमन्त्री, सम्माननीय कायममुकायम प्रधानन्यायाधीश, सम्माननीय सभामुख, विशिष्ट महानुभावहरु, महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतीहरु, भद्र महिला तथा सज्जनवृन्द ! आज नेपालको संविधान जारी भएको दोस्रो वर्ष पूरा भएको सुखद अवसरमा तपाइँहरु सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई हर्षको अनुभूति भएको छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाइँदैछ । लोकतन्त्र, वाकस्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार र सामाजिक न्यायसहितको द्रुततर आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको छ । समाजवादउन्मूख अर्थव्यवस्था निर्माण गरी सम्पन्न नेपाल र सुखी नेपाली बनाउने Read More …