
प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश
आज मिति २०७६ साल कात्तिक १8 गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा २९४ बमोजिम पेश गर्नु भयो । (हरि प्रसाद दाहाल) प्रवक्ता