test
test post
test post
सम्माननीयज्यूहरू, माननीयज्यूहरू, उपस्थित महामहिम राजदूतज्यूहरू, आदरणीय दिदीबहिनी दाजुभाइहरू ! आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहूति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु । आन्दोलनका क्रममा जेलनेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनका पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई Read More …
सम्माननीय प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्ष दलका नेताज्यू, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यू ! सर्वप्रथम म यस राष्ट्रपति भवन शीतल निवासमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। राष्ट्रपतिमा निर्वाचित भएपछि तपाईँहरूसँग भेट्ने चाहना भए पनि विभिन्न कारणले ढिलो भयो । तथापि आज यो समय जुरेको छ । समय र सहभागिताका लागि यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु । यो मैले ‘एक्टिभिज्म‘ देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दु:ख पाएको कार्यकर्ता हुँ Read More …
सम्माननीय प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्ष दलका नेताज्यू विभिन्न राजनीति दलका प्रमुख एंव प्रतिनिधिज्यू सर्वप्रथम म यस राष्ट्रपति भवन शीतल निवासमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। राष्ट्रपतिमा निर्वाचित भएपछि तपाईँहरूसँग भेट्ने चाहना भएपनि विभिन्न कारणले ढिलो भयो। तथापि आज यो समय जुरेको छ । समय र सहभागिताका लागि यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ। संविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु। यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो। विभिन्न Read More …
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९.०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ । (रूपनारायण भट्टराई) प्रवक्ता
सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण माघ देखि चैत २०७६
आज मिति २०७७ साल असार २३ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव H.E. ESALA RUWAN WEERAKOON ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र यस संगठनको महत्वका बारेमा सम्माननीय राष्ट्रपतिज्यूले जोड दिनुभएको थियो । (हरि प्रसाद दहाल) प्रवक्ता
आज मिति २०७७ साल असार १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २ नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ३ राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक ४ ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक ५ केही Read More …
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७६ चैत १० गते, सोमबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता