आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित एक समारोहमा आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष श्री राम बहादुर थापामगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८१ साल माघ ८ गते मङ्‌गलबार। ने.सं. ११४५ प्वहेलागा सप्तमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१०/७ को सिफारिसमा संवत् २०८१ साल माघ १८ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८१ साल माघ ८ गते मङ्‌गलबार। ने.सं. ११४५ प्वहेलागा सप्तमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा क्यानाडाका लागि नेपालको आवासीय राजदूत श्री भरतराज पौड्याललाई गणतन्त्र क्यूवाका लागि; थाईल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री धन बहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका लागि नेपालका आवासीय राजदूत श्री निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ। २०८१ साल माघ २ गते बुधबार। ने.सं. ११४५ प्वहेलागा द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ २०८१ साल माघ २ गते बुधबार। ने.सं. ११४५ प्वहेलागा द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

अध्यादेशहरू जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ २. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१ ३. निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१ ४. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ २०८१ साल पुस २९ गते सोमबार। ने.सं. ११४५ प्वहेलाथ्व पूर्णिमा। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । २०८१ साल पुस २८ गते आइतबार। ने.सं. ११४५ प्वहेलाथ्व चतुर्दशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

नवनियुक्त राजदूतहरूबाट शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। तपसिल क्र.सं. राजदूत मुलुक १. श्री प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल २. प्रा.डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका ३. श्री सेवा लम्साल बेल्जियम अधिराज्य ४. डा. नेत्र प्रसाद तिम्सिना मलेसिया ५. श्री सुम्निमा तुलाधर डेनमार्क २०८१ साल पुस १७ गते बुधबार। ने.सं. ११४५ प्वहेलाथ्व द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रतिनिधि सभाका सचिव नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम कोशी प्रदेश, शिवसताक्षी नगरपालिका वडा नं. 2, झापा जिल्ला निवासी श्री हर्कराज राईलाई संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको  छ। २०८१ साल पुस १६ गते मङ्‌गलबार। ने.सं. ११४५ प्वहेलाथ्व पारु। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ २०८१ साल पुस १४ गते आइतबार। ने.सं. ११४५ थिंलागा चतुर्दशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नवनियुक्त राजदूतहरूबाट शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। तपसिल क्र.सं. राजदूत मुलुक १. श्री जङ्गबहादुर चौहान रुसी महासंघ २. श्री चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य ३. श्री शनिल नेपाल स्पेन ४. डा. शिवमाया तुम्बाहाङ्फे गणतन्त्र कोरिया ५. डा. शंकर प्रसाद शर्मा गणतन्त्र भारत २०८१ साल पुस ८ गते सोमबार। ने.सं. ११४५ थिंलागा ‌अष्टमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता