प्रतिनिधि सभाका सचिव नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम कोशी प्रदेश, शिवसताक्षी नगरपालिका वडा नं. 2, झापा जिल्ला निवासी श्री हर्कराज राईलाई संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको  छ। २०८१ साल पुस १६ गते मङ्‌गलबार। ने.सं. ११४५ प्वहेलाथ्व पारु। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ २०८१ साल पुस १४ गते आइतबार। ने.सं. ११४५ थिंलागा चतुर्दशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नवनियुक्त राजदूतहरूबाट शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। तपसिल क्र.सं. राजदूत मुलुक १. श्री जङ्गबहादुर चौहान रुसी महासंघ २. श्री चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य ३. श्री शनिल नेपाल स्पेन ४. डा. शिवमाया तुम्बाहाङ्फे गणतन्त्र कोरिया ५. डा. शंकर प्रसाद शर्मा गणतन्त्र भारत २०८१ साल पुस ८ गते सोमबार। ने.सं. ११४५ थिंलागा ‌अष्टमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुम्निमा तुलाधरलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल पुस ७ गते आइतबार। ने.सं. ११४५ थिंलागा सप्तमी । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि र डा. नेत्र प्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल पुस ३ गते बुधबार। ने.सं. ११४५ थिंलागा तृतीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगलका लागि; श्री सनिल नेपाललाई स्पेनका लागि; प्रा.डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि; श्री सेवा लम्साललाई बेल्जियम अधिराज्यका लागि र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल मङ्‌सिर २८ गते शुक्रबार। ने.सं. ११४५ थिंलाथ्व त्रयोदशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू अस्पतालबाट डिस्चार्ज

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू प्रोस्टेटको सफल उपचार पछि आज मिति २०८१ साल मङ्‌सिर २२ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँ गत मङ्‌सिर १९ गते उक्त अस्पतालमा भर्ना हुनुभएको थियो। सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू, अस्पतालका अन्य कर्मचारीहरू लगायत स्वदेश तथा विदेशमा रही उहाँको स्वास्थ्य लाभको कामना गर्ने महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। २०८१ साल मङ्‌सिर २२ गते शनिबार। ने.सं. ११४५ थिंलाथ्व षष्ठी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८१ साल मङ्‌सिर १८ गते मङ्‌गलबार। ने.सं. ११४५ थिंलाथ्व द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू जनवादी गणतन्त्र चीनको ‌औपचारिक भ्रमणको लागि सम्वत् २०८१ मङ्‌सिर १७ गते जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८१ साल मङ्‌सिर १७ गते सोमबार। ने.सं. ११४५ थिंलाथ्व पारु। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नवनियुक्त राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। तपसिल क्र.सं. राजदूत मुलुक १. श्री लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका २. डा. शैल रूपाखेती संघीय गणतन्त्र जर्मनी ३. डा. नरेशविक्रम ढकाल साउदी अरेबिया अधिराज्य ४. श्री चित्रलेखा यादव अष्ट्रेलिया २०८१ साल मङ्‌सिर १६ गते आइतबार। ने.सं. ११४५ कछलागा ‌औंशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता