राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज २० गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

थारु आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थारु आयोगका माननीय अध्यक्ष श्री बिष्णुप्रसाद चौधरीज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १७ गते आइतबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४  बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १७ गते आइतबार । (जगन्‍नाथ पन्त) प्रवक्ता  

राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १७ गते आइतबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

ओहदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. इजिप्ट H.E. Ms. Noha Hamdy Ahmed Elgebaly आवासीय २. जर्मनी H.E. Dr. Thomas Heinrich Prinz आवासीय ३. नर्बे H.E. Ms. Torun Dramdal आवासीय ४. फ्रान्स H.E. Mr. Gilles Bourbao आवासीय २०७८ साल असोज १४ गते बिहीबार (जगन्‍नाथ पन्त) प्रवक्ता इजिप्ट जर्मनी नर्बे फ्रान्स

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ आर्थिक विधेयक, २०७८ २०७८/६/१३ २ राष्ट्र ऋण उठाउने विधेयक, २०७८ २०७८/६/१३ २०७८ साल असोज १३ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मधेशी आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्तज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १३ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता  

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।   २०७८ साल असोज १३ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

अध्यादेश खारेज

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ । २०७८ साल असोज ११ गते सोमबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “विनियोजन विधेयक, २०७८“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । २०७८ साल असोज ७ गते बिहीबार (जगन्‍नाथ पन्त) प्रवक्ता