मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन तथा पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १ श्री शेरबहादुर देउवा प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा Read More …

प्रधानमन्त्री पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

महान्यायाधिवक्ताको पदबाट राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री रमेश वडालले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७८/३/२९ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राष्ट्रिय सभाको अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/७ को सिफारिसमा सम्वत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मन्त्रिपरिषद्‌मा मिति २०७८/२/२१ र मिति २०७८/२/१७ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजन हुँदा समावेश हुनु भएका दुई जना उपप्रधानमन्त्री, पन्ध्र जना मन्त्री तथा तीन जना राज्यमन्त्रीको नियुक्तिको सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनमा  सर्वोच्च अदालतबाट मिति २०७८/२/२१ र मिति २०७८/२/२७ को मन्त्रिपरिषद् बिस्तारमा परेका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी भएको हुँदा उहाँहरूले सम्हाली आउनु भएको मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/३/१० को सिफारिसमा देहायबमोजिम सम्हाल्ने गरी तोक्नु भएको छः- क्र.सं. Read More …

न्याय परिषद् सदस्य पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा खनियापानी-९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी (प्र.प.नं. १००) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा तपसिल बमोजिमका महानुभावहरूलाई तपसिल बमोजिमको पदमा नियुक्त गर्नुभएको छ । क्र.सं. कानूनी व्यवस्था नाम थर नियुक्त गरिएको पद नियुक्त गरिएको निकाय १. संविधानको धारा २३८ को उपधारा (२) डा. हरि पौडेल, बाग्लुङ आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग २. डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुर आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग ३. संविधानको धारा २४२को उपधारा (२) श्री माधब प्रसाद रेग्मी, झापा अध्यक्ष लोक सेवा आयोग ४. श्री माधव वेल्बासे, कपिलवस्तु सदस्य लोक सेवा आयोग ५. श्री बीर बहादुर राई, इलाम सदस्य लोक सेवा आयोग ६. श्री दिनेश सिलवाल, ललितपुर सदस्य लोक सेवा आयोग ७. Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल असार ७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री खगराज अधिकारी मन्त्री गृह 2.               श्री राजकिशोर यादव मन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति 3.               श्री नैनकला थापा मन्त्री सञ्चार तथा सूचना प्रविधि 4. श्री ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास 5.               श्री नारद मुनि राना मन्त्री वन तथा वातावरण 6. श्री गणेशकुमार पहाडी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन 7. श्री मोहन बानिया मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय   साथै, आजै Read More …