विज्ञप्ति

आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले Read More …

अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर ३० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ (बद्रिनाथ अधिकारी) प्रवक्ता

अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर २१ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ २. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ (बद्रिनाथ अधिकारी) प्रवक्ता

ओहदाको प्रमाणपत्र ग्रहण

आज मिति २०७७ साल मङ्‌सिर १८ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. थाइल्याण्ड अधिराज्य H.E. Mr. Vosita Vorasaph आवासीय २. स्टेट अफ इजरायल H.E. Mr. Hanan Goder-Goldberger आवासीय ३. जनवादी गणतन्त्र बंगलादेश H.E. Mr. Salahuddin Noman Chowdhury आवासीय ४. रिपब्लिक अफ युनियन अफ म्यानमार H.E. Mr. Sein Oo आवासीय (बद्रिनाथ अधिकारी) प्रवक्ता  

न्याय परिषद सदस्य पदमा नियुक्त

आज मिति २०७७ साल मङ्‌सिर १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद श्रेष्ठ (प्र.प.नं. ९२) लाई न्याय परिषद सदस्य पदमा नियुक्त गर्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष चीनका State Councillor and  Defence Minister बाट शिष्टाचार भेट

आज मिति २०७७ साल मङ्‌सिर १४ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका मित्रराष्‍ट्र जनवादी गणतन्त्र चीनका State Councillor and  Defence Minister H.E. Gen. WEI Fenghe ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्‍ट्रपतिज्यूले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवम् स्वतन्त्रताको सम्मान गर्दै आएकोमा मित्रराष्ट्र चीनको सराहना गर्नुभयो । साथै, उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढीकरण गर्न यो भ्रमण कोशेढुंगाको रूपमा रहने विश्‍वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू र चिनियाँ राजदूतसहित प्रतिनिधि मण्डलका सदस्यहरूको समेत उपस्थिति थियो । (बद्रिनाथ अधिकारी) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोग ऐन, २०७४ को दफा २१ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू छठ पर्वको अवसरमा गुह्येश्वरी-गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त कार्यक्रमहरूमा सरिक हुन नसक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७७ साल मङ्‌सिर ४ गते, बिहिबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

नवनियुक्त राजदूतज्यूहरूबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७७ साल कात्तिक १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रपतिको कार्यालयमा एक विशेष समारोहका बीच नवनियुक्त राजदूतज्यूहरू श्री गेहेन्द्र राजभण्डारी, श्री तापस अधिकारी र श्री रामकाजी खड्काले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । (हरि प्रसाद दहाल) प्रवक्ता