गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता  

“कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७६ चैत १० गते, सोमबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल चैत्र ७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, 2053 लाई संशोधन गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता  

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन २२ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री  श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. गणतन्त्र भारत H.E. Mr. Vinay Mohan Kwatra आवासीय 2. गणतन्त्र सिसेल्स H.E. Mr. Thomas Selby Pillay गैरआवासीय 3. मेक्सिको H.E. Mr. Federico Salas Lotfe गैरआवासीय (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीबाट पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । (हरि प्रसाद दहाल) प्रवक्ता

कार्यभार तोक्नु भएको

आज मिति २०७6 साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले सम्हाल्ने गरी तोक्नु भएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीबाट पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल फागुन ५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेज्यूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनु भयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालमा लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा निर्वाचन आयोगले पुर्‍याउँदै आएको योगदानको सराहना गर्नु भयो । साथै, संवैधानिक दायित्व अन्तर्गत निर्वाचन आयोगले आफ्नो प्रतिवेदन बुझाएकोमा धन्यवाद समेत दिनुभयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल माघ २८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम 1 भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक २ प्रहरी समायोजन विधेयक ३ नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक ४ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक ५ औद्योगिक व्यवसाय विधेयक ६ राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता