सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व पानी दिवस, २०२३ (मार्च २२) का अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व पानी दिवस, २०२३ (मार्च २२) को शुभकामना सन्देश संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस निरन्तर मनाउँदै आइएको छ । पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पुर्‍याउन प्रेरणा मिलोस् भन्ने विश्व पानी दिवस २०२३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी यस वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइरहेका छौ । पानी भनेको समस्त जीवहरूको प्राण रक्षा गर्ने प्रकृतिले दिएको वरदान हो । प्राणी र पृथ्वीको अस्तित्व पानीसँग गाँसिएको छ । बढ्दो शहरीकरण Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा दिनु भएको सन्देश

११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को सन्देश ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना  व्यक्त गर्दछु । अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीहरू संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्दछ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ । यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७९ को शुभकामना सन्देश नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एक–आपसमा अबिर तथा रङ्ग दलेर रमाइलो गर्ने परम्परा रहेको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ग्याल्पो ल्होसार २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

 ग्याल्पो ल्होसार, २०७९ को शुभकामना सन्देश शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक  शुभकामना व्यक्त गर्दछु । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाई गर्ने, घरको छत लगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका  लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै‚ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्दछु । नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ । वि.सं. २००७ सालमा जहानिया निरङ्कुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो । जनताको एकतावद्ध सामर्थ्यले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महाशिवरात्री पर्व २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महाशिवरात्री पर्व, २०७९ को शुभकामना सन्देश महाशिवरात्री पर्व, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रकृति‚ योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्‍वास प्रतिविम्बित भएको पाइन्छ । पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र‚ हिमवत खण्ड र मानस खण्डको भूभाग मुलभूत रूपमा नेपालमा पर्दछ । यसैकारण पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरुपका रूपमा आस्था राख्ने विश्वभरिका Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सहिद दिवस, २०७९ को अवसरमा दिनुभएको सन्देश

सहिद दिवस, २०७९ को सन्देश सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौं । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०७९ को शुभकामना सन्देश माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको छ । सरस्वती प्रकाशोत्सवले एकातिर हाम्रो सभ्यतामा शिक्षा र कलाको महत्त्व दर्शाउँछ भने अर्कोतिर मातृशक्ति नै ज्ञान निर्माणको आधारभूत स्रोत रहेको पक्ष पनि उजागर गर्दछ । प्रकाशबाट विविध रङ्गहरू जन्मिए भने रङ्गबाट मानिसले कलाका बहुआयाम विकास गर्‍यो । सरस्वतीको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सोनाम ल्होसार, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सोनाम ल्होसार, २०७९ को शुभकामना सन्देश तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि   शुभकामना व्यक्त गर्दछु । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।  यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ-आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना सन्देश माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु । माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी‚ थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईबासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वको रूपमा मनाउने गर्दछन् । आजको दिन पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गरेपश्‍चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता परिकारहरू खाई रमाइलोसँग यो पर्व Read More …