सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०७९ को शुभकामना सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय हो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ । एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै हामी Read More …