सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश
गौरा पर्व, २०७७ को शुभकामना सन्देश गौरा पर्व, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने गौरा पर्व नेपालको एक महत्वपूर्ण सांस्कृतिक चाड हो । गौरा पर्वको अवसरमा महिलाहरूले शिव र पार्वतीको पूजा अर्चना सहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने¸ नि:सन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकांक्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । गौरा पर्वलाई हाम्रो मुलुकको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा Read More …