उधौली पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालको किरात जातिहरुको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका विभिन्‍न जातजाति र समुदायहरुले मनाउने चाडपर्वहरुले नेपाललाई साझा फुलवारीको रुपमा सृंगार गर्दै आएका छन् । यहाँ मनाउने उधौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।साथै, यस प्रकारका चाड पर्वहरुले समाजिक एवम् पारिवारीक जमघट गराउने, मनोरञ्‍जन प्रदान गर्ने र समुदायबीचमा आपसी सद्‍भाव सुमुधुर बनाउन Read More …

२६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

“सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण” -Transformation towards Sustainable and Resilient Society for All ) भन्ने विश्‍वव्यापी मूल नारा तथा “कोही पनि नछुटुन, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा ” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनी तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्द्धनका लागि क्रमिक रुपमा विभिन्‍न कामहरु भैरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकार मुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मानिर्भर बनाउदै लैजानु आजको आवश्यक्‍ता हो Read More …

सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भए पश्‍चात् मुलुकका ३२ जिल्लामा भोलि मिति २०७४ साल मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु । नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै शिलशिलामा विगतमा स्थानीय तहको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवस २०७४ का अवसरमा दिनुभएको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  वमोजिम नेपालमा “लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौः कोही नछुटौं” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिलाहरु हिंसा, विभेद, अपमान र पिडा खप्न वाध्य छन् । वोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसक्दा पनि अन्धविश्‍वासको कारणले त्यस्ता पिडाबाट नेपाली महिलाहरुको उन्मुक्ती हुन सकेको छैन । समाजमा चलि आएका परम्परा, अन्धविश्‍वास, कुरीति, कुसंस्कारको अन्त्यको Read More …

विवाह पञ्चमीको उपलक्ष्यमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

मर्यादा पुरुषोत्तम भगवान श्री राम र माता जानकीको विवाह सम्पन्न भएको मार्ग शुक्ल पञ्‍चमी तिथिको यस पावन दिन विवाह पञ्चमीको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको चाडपर्व र संस्कृति नेपालका अमूल्य नीधि हुन् । हाम्रो देश नेपाल धार्मिक सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने विवाह पञ्चमी जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरुवीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ । अन्त्यमा, यस पावन उत्सवले नेपालीहरु वीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‍भाव र सहिष्णुता सुदृढ बनाउन मद्दत पुगोस् भन्‍ने कामना गर्दछु ।   धन्यवाद ! Read More …

छठ पर्व २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने यस छठ पर्व २०७४ सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्‍भाव कायम गर्न सफल रहोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु । धन्यबाद ! २०७४ साल कार्तिक ९ गते बिहीबार ।

नेपाल सम्वत् ११३८ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु । अन्तमा, नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको संचार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्‍ने शुभकामना प्रकट गर्दछु । धन्यबाद ! २०७४ साल कार्तिक ३ गते शुक्रबार ।

शुभ दीपावली २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

शुभ दीपावली २०७४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रत्येक नेपालीको घरघरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न शुभ दिपावली २०७४ ले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यबाद ! २०७४ साल कार्तिक २ गते बिहीबार ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण आदरणीय जेष्ठ नागरिकहरुको सुख, शान्ति एवम् सम्मानजनक जीवन यापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जीवनका अधिकांश समय कृयाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पुर्याउनु भएका जेष्ठ नागरिकहरु निश्‍चयनै राष्ट्रका अमूल्य सम्पत्ती हुन। तसर्थ जेष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, जेष्ठ नागरिकबाट असल संस्कृती, संस्कार भावि पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा जेष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवम् नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण श्रृजना गर्नु नै जेष्ठ नागरिक दिवसको महत्व रहन्छ । नेपालको संविधानले जेष्ठ Read More …

सम्माननीय राष्ट्रपतिज्यूले बडा दशैंका अवसरमा दिनुभएको शुभकामना सन्देश

आम नेपालीहरुको महान चाड बडा दशैं २०७४ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकको रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । विभिन्न जात-जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् । महान पर्व वडादशैंले हिमाल-पहाड-तराई-मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास Read More …