सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्वको शुभकामना सन्देश नेपालका आदिवासी किराँत समुदायको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खा लगायत संपूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य र मिष्ठान्न खानपीनका साथ आपसमा सुख, शान्ति र सुस्वास्थ्यको आदानप्रदान गर्दै रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।  यसरी प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका साँस्कृतिक पर्वहरूले प्रकृति र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २५६४औं बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ तथा बौद्धनाथको दर्शन एवं दीप प्रज्वलन सम्पन्न

बैशाख २५, काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा आज नेपालका प्रमुख बौद्ध स्तुपहरूमध्ये काठमाडौँमा अवस्थित स्वयम्भूनाथ र बौद्ध स्तुपको दर्शन गर्नुुभयो । उहाँले उक्त दुवै प्रसिद्ध स्तुपहरूको परिक्रमा गर्नुका साथै दीप प्रज्वलन गरी विश्व शान्तिका अग्रदूत गौतम बुद्धप्रति श्रद्धा अर्पण गर्नुभयो । नेपाली भूमि लुम्बिनीमा राजकुमारका रूपमा जन्मेका शान्तिदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमा तिथिमै परेको हुनाले यस दिनलाई नेपाल लगायत विश्वभर बुद्ध जयन्ती वा बुद्ध पूर्णिमाको रूपमा मनाइन्छ । गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै बुद्ध जयन्तीको दिनलाई सन् २००२ बाट संयुक्त राष्ट्रसंघ प्रणालीभित्र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७७ साल वैशाख २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता

संघीय संसदको महासचिव पदमा नियुक्त

आज मिति २०७७ साल वैशाख २२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम साविक लामाचौर-५, कास्की जिल्ला निवासी डा. भरतराज गौतमलाई संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको  छ ।   (हरिप्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को शुभकामना सन्देश अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् श्रमअधिकार सुनिश्चितताको लागि शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्‍याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान गर्दछु। श्रमिकहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु । नेपालको संविधानले संपूर्ण नागरिकहरूका लागि Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७७ साल वैशाख २१ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल वैशाख २६ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को शुभकामना सन्देश अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् श्रमअधिकार सुनिश्चितताको लागि शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्‍याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान गर्दछु। श्रमिकहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु । नेपालको संविधानले संपूर्ण नागरिकहरूका लागि Read More …

सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन २२ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री  श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. गणतन्त्र भारत H.E. Mr. Vinay Mohan Kwatra आवासीय 2. गणतन्त्र सिसेल्स H.E. Mr. Thomas Selby Pillay गैरआवासीय 3. मेक्सिको H.E. Mr. Federico Salas Lotfe गैरआवासीय (हरि प्रसाद दहाल) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीबाट पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा काेभिड -१९ विश्वव्यापी महामारीको सन्दर्भमा २०७६ साल चैत्र २१ गते नेपाल टेलिभिजनमार्फत दिनुभएको भिडियो सन्देशको ट्रान्सक्रिप्ट

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानवजातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन । यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक सङ्क्रमण देखिएको छैन । बाहिरबाट सङ्क्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो । सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन । यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ । हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गंभीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका Read More …