सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको समुद्घाटन समारोहमा गर्नुभएको सम्बोधन
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, बागमती प्रदेशका माननीय मुख्यमन्त्री‚ स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू एवम् पदाधिकारीहरू हस्तकला उद्यमी, व्यवसायी तथा हस्तकला शिल्पीहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! नेपाल हस्तकला महासंघद्वारा आयोजित ‘१९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता’को समुद्घाटन समारोहमा सहभागी भएर देशभरिका हस्तकला उद्यमी, व्यवसायी एवं हस्तकला शिल्पीहरूसँग साक्षात्कार गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । नेपाल हस्तकला महासंघले सुखद् स्वर्ण वर्ष पूरा गरेको अवसरमा म महासंघ परिवारलाई हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छु । नेपाली हस्तकलाको आन्तरिक बजार विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्द्धन Read More …