सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा गर्नु भएको सम्बोधन
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री, आज पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रम’मा सहभागी भई सूचना तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि महत्त्वपूर्ण योगदान पुर्याउने वरिष्ठ सञ्चारकर्मीहरूलाई पुरस्कार एवं सम्मान प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा सञ्चार तथा तथा सूचना प्रविधि मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । साथै‚ कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई राष्ट्रपति कार्यालयमा म हार्दिक स्वागत गर्दछु । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न Read More …