विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानका लागि नेपालका आवासीय राजदूत श्री रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८२ साल वैशाख ७ गते आइतबार।
ने.सं. ११४५ चौलागा सप्तमी ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता