विधेयक प्रमाणीकरण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/३
२. विद्युतीय व्यापार (इ-कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१/१२/३
३. विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१/१२/३
४. भ्रष्‍टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/३

२०८१ साल चैत ३ गते आइतबार।

ने.सं. ११४५ चिल्लागा द्वितीया।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता